Wednesday, August 21, 2013

नेपाली जनताले सामाजिक सञ्जालमा निर्वाचनको विषयमा देखाए आफ्नो श्रीजनात्मक पाटो

बितेका केहि दिनहरुमा सामाजिक सञ्जाल (टुईटर र फेसबुक) मा नेपाली दाजु भाई तथा दिदी बहिनीहरुले निर्वाचनको विषयमा उठाएका केहि व्यंग्यात्मक तथा आक्रोशित प्रसंगहरु बटुलेर तल पेस गरिएको छ | नेपाली जनताको श्रीजनात्मक पाटो विशेष गरेर सामाजिक सञ्जालमा हेर्न पाईयो !

निश्चित रूपमा महान् नेपाली जनताले हामीलाई नै मतदान गरेका हुन्। विदेशीले षडयन्त्र गरेर पठाएको विशेष किसिमको मतदान गर्ने मसी आफैँ बगेर रूख र सुर्य तिर गएको हो भन्ने हाम्रो गौरवशाली पार्टीको ठहर हो।

संबिधान सभा भबन हराभरा हुने भयो अनि झलमल घाम पनि लाग्ने भयो, गाईले फोहोर पार्दिने हो कि भन्ने मात्र चिन्ता लागिरहेको स्थिती छ ।

हिसिला यमिले बाबुराम लाई रात भरी भुकुरिन ।।।।। किन तिमीले मात्रै बुथ कब्जा गरेको मेरो पनि गर्दिनु पर्दैन ! hehehehehe.

तिम्रो दिलको बाकसभित्र मेरो मुटुको स्वस्तिक हानेर मनको मतपत्र सुटुक्क खसालेको थिएँ, के परिणाम आयो ? कि, बीच बाटैमा बाकस बदल्यौ ? हँ !

रोल्पा रुकुम जाजरकोटका तीनै क्षेत्र जित्ने जस्तो छ ! त्यहा बिदेशी पुगेनन् क्यार साट्न, रोल्पामा त मैलाई देखेर डराए होला !

श्रीपेच कता छ? श्रीपेच कता छ?? ज्ञानेन्द्र बिहानीको सपनामा बर्बराइरहेका होलान् ।

राष्ट्रिय राजनीतिमा अटाएनौ, अन्तर्राष्ट्रिय समुदायको खबर्दारी छ, राज्यले 'अपराधी' भनेर औंला ठडायो, बन्द जनताले अवज्ञा गरे, बैद्य बा, बिउँझ !

कम्रेड उतिखेर साइकल चदेर भोट माग्या भए जितिन्थ्यो की ? हेलिकोप्टर चदीयो हारियो । #हार स्वीकार गर

प्रचण्ड पुकदा माओबादी सुकदा कुकुर झैँ भुकदा जनताले थूकदा लुत्रुक्क झुकदा।

दुई ठाउँबाट चुनाउ हार्दा नि माकुनेले धाँधली बहिष्कार भनेर उफ्रेनन् त ! मुटु चाहिन्छ मुटु ! 

जनता ले माओवादीलाई कांग्रेश को शारणमा पुर्याएका छन । * जंगलमा रुख हुन्छ, त्यस्को छाहरीमा बस भनेका हुन् ।जनता ले माओवादीलाई कांग्रेश को शारणमा पुर्याएका छन । * जंगलमा रुख हुन्छ, त्यस्को छाहरीमा बस भनेका हुन् ।

जनमत अश्विकार गर्नु भनेको भएका कार्यकर्ता र शुभेच्छुकलाई पनि जंगल पसाउनु हो ।... रूखैरूखको जंगल !

एबीसी टिभीमा काम गर्ने मित्रहरूको अनुहार फुङ्ग उडेको देख्छु म आज । रातोपाटीको रंग कस्तो छ कुन्नी?

सहर छोड के प्रचण्डवा जंगल चलि, जनता दुश्मन भैल हमार , तु हि तो मेरो जान है रेखा , झुट भैल सपनवा हमा, रेखा जवान प्रचण्डवा परेशान
अघिल्लो चोटी म भएँ राष्टपति भित्ते, आफ्नै कुबुद्धि घमण्डले ६ बर्ष मै सिद्धे, बोलो तारारारा~~~~हाय हारे लोप्पा हारे लोप्पा हारे लोप्पा ;))


प्रचण्डले भन्ने भए,"माकुनेले २ ठाउँबाट हार्दा प्रधानमन्त्री भएका थिए, म त झन् तेस्रो भएको छु। प्रधानमन्त्री पद मेरा लागि झन् सुरक्षित छ

यो जातियताको राजनीति जनतालाई मन परेको रैनछ भन्ने कुरो प्रमाणित हुदैछ।नेता र बुद्धीजिविले,जनताका दुहाइ दिन्थ्ये,जनताले दर्हो झापड हान्दिए। :)

टाइमलाइनबाट बिल्कुलै गायब भएका माओवादी साथीहरु मत बहिष्कार भनेपछि फेरि झुल्किनथाल्नुभो। कामरेडहरुलाइ सुनाइदिनु होला, नमानि धर छैन।

चुनाव माओवादीले हार्या होला देश र जनताले हारेको हैन । दल त एउटा गए अर्को आउँछ । मुख्य कुरा -नेपाली जनता कुनै दलको दास बन्न नचाहेको देखियो ।

यो विदेशी षड्यन्त्र त कडा हुँदोरछ यार। सबै मतपेटिका नै फेरिदिन सक्ने भन्या याँ हो? :)

मिड-प्याक छलाङ….. हातमा आइसकेका पत्ती गतिला भएनन् भनेर बीचैमा हाप्नुलाई तासखेलमा मिड-प्याक भन्छन्। 'छलाङ' ले त्यसमा क्रान्तकारी लेप लगाइदिन्छ।

हिसीला यामी हार्नु र गगन थापा जित्नुमा जनताले षडयन्त्र गरेको पुरै भान हुन्छ है ;-)

वा क्या गजव। जितेको ठाउँमा षडतन्त्र भा छैन, हारेको ठाउँमा चाहिँ सबै षडयन्त्र नै षडयन्त्र। क्याबात, जनता जति सबै मुर्ख, तिमेरु नै जान्ने, तिमेरु नै हनुमान।

नेपालका पार्टि र नेताहरुलाई 'बुद्धिजिवी' भन्दा नि 'PR Agency' को खाँचो छ । यिनीहरुले आफूलाई गलत मार्केटिङ गरिरहेकाछन् ।

एउटा प्रश्न, प्रचन्डलाई म्वाइ खाने बुढाबुढीले भोट हालेनन? हाले भने, कसरी चैँ हारे त महान नेता?


1 comment: